प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीको बिदाई

882
views

काठमाडौ, २३ भदौ । प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीलाई एक समारोहका साथ विदाई गरिएको छ । २०७५ भाद्र २४ गतेबाट अवकाश प्राप्त गर्न लागेका क्षत्रीलाई टुँडीखेलस्थित सैनिक मञ्चमा उच्च सम्मान स्वरुप ईज्जत अर्पण कवाज प्रदान गरिनुका साथै जंगी अड्डामा आयोजित विशेष समारोहका साथ बिदाई कार्यक्रम गरिएको हो ।

नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरेका क्षत्रीले करिब ४० वर्षसम्म सेनामा अनवरत सेवा गरेका थिए । उनको सम्मानमा टुँडीखेलस्थित सैनिक मञ्चमा ईज्जत अर्पण कवाज प्रदान गरिएको थियो । कार्यक्रममा कामु प्रधानसेनापति रथी पूर्णचन्द्र थापाले विदाई मन्तव्य व्यक्त गेका थिए ।

क्षेत्री पश्चात कामु प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई मिति २०७५ भाद्र २४ गते नेपाली सेनाका परमाधिपति तथा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले शितलनिवासमा महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्दै नेपाली सेनाको प्रधानसेनापतिको पदमा नियुक्ति गर्ने कार्यक्रम रहेको नेपाली सेना जनसम्र्पक तथा सूचना निर्देशनालयले जनाएको छ ।