हेलिकोप्टर दुर्घटनाः ६ जनाको मृत्यु, एक जिवितै

708
views

काठमाडौ । उत्तरी गोरखाको सामागाउँबाट ६ यात्रु बोकेर काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

कल साइन ९ एन–एएलएसको हेलिकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको छ भने १ जना महिलाकोे उद्धार गरिएको छ । दुर्घटनामा जीवितै भेटिएकी डोल्मा आनी भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्दारबहादुर थापाले बताए । आनीको उद्धार कार्य गरिएको छ । हेलिकोप्टर र्सुन्चेत भन्ने स्थानमा भेट्टाएको समेत पुष्टि भएको छ ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको पुष्टि भएको छ । स्रोतका अनुसार हेलिकोप्टर र्दुटनामा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्मा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु थिए ।

जापानी नागरिक कोमात्सुको पासपोर्ट नम्बर TK 713612068 हो ।