निर्मला पन्तको लागि न्याय माग्दै राजधानीमा प्रदर्शन

704
views

काठमाडौँ, भदौं ३० बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै शनिबार राजधानी प्रदर्शन भएको छ । माइतीघरबाट मण्डलाबाट निस्किएको प्रदर्शनमा सयौंको संख्यामा निर्मलाका अामाबुवासँगै अधिकारकर्मी, नागरिक अगुवा, पत्रकार, विद्यार्थी लगायत सहभागी छन् । अहिले प्रदर्शनकारीहरु नयाँ बानेश्वर चोकमा धर्ना दिइरहेका छन् ।