श्रमदानमा बेनी बजारको संरक्षण

828
views

काठमाडौँ, ३१, भदौ । कालीगण्डकी नदीमा आएको बाढीले पक्की पर्खाल भत्काएपछि जोखिममा परेको बेनी बजार जोगाउन स्थानीयवासीहरु श्रमदानमा जुटेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले गरेको निर्णय अनुसार बेनी नगरपालिकाको अगुवाईमा नेपाल प्रहरी,शसस्त्र, नेपालीसेना, उद्योगी व्यवसायी र सर्वधारणहरु समेतको सहभागितामा नदी किनारमा ग्याविन झाली निर्माण सुरु गरिएको छ ।

बेनपाका ७ र ८ नम्बर वडाका साथै म्याग्दी उद्योग वाणिज्य संघले बजारवासीहरुलाई श्रमदानमा जुट्न अनुरोध गरेका हो । शनिबार करिव दुइसय जनाले श्रमदान गरे ।