‘मडरर गो ब्याक’ भन्दै अमेरिका पुगेका बाबुराम विरुद्ध कालो झण्डा प्रदर्शन

845
views

काठमाडौ, ३१, भदौ । अमेरिका भ्रमणमा रहेका तात्कालिन माओवादी नेता एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई अमेरिकामा रहेका नेपालीहरुले कालो झण्डा देखाए ।

डा. भट्टराईलाई अमेरिकाको टेक्सासमा रहेका नेपालीले कालो झण्डा देखाउँदै ‘मर्डरर गो ब्याक’ भन्दै प्रदर्शन गरेका हुन् । तत्कालीन माओवादीका नेता डा. भट्टराईलाई ‘हत्यारा’ भन्दै प्रदर्शनकारीले फर्किन माग गरेका थिए । उनीहरुले ‘मडरर गो ब्याक’ भन्दै नारा लगाए ।

प्रर्दशनका क्रममा उनीहरुले ‘नेपालका छोराछोरीलाई मार्ने, ‘मडरर गो ब्याक’ भन्दै कालो झण्डा देखाएका थिए । डिसी मेट्रो एरियाबाट टेक्सास गएका डा. भट्टराई र उनकी श्रीमती तथा नेतृ हिसिला यमी विरुद्ध तत्कालीन माओवादी जनयुद्धका पीडितहरुले प्रदर्शन गरेका हुन् ।

डा. भट्टराई गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषद अमेरिकाको कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन् । भ्रमण पूरा गरी डा. भट्टराई असोज २२ गते नेपाल फर्किने छन् ।