किशोरी हत्या प्रकरणः डीआईजी धीरु बस्न्यातको नेतृत्वमा छानबिन समिति

914
views

काठमाडौँः कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना छानबिन गर्न अर्को शक्तिशाली समिति गठन भएको छ । नेपाल प्रहरीले डीआईजी धीरु बस्न्यातको नेतृत्वमा ’शक्तिशाली’ छानविन समिति गठन गरेको छ ।

यसअघि भदौ १४ मा गठित एसएसपी उत्तम सुवेदी नेतृत्वको समितिलाई विस्तार गर्दै प्रहरी मुख्यालयले निर्मला प्रकरणको छानबिनको जिम्मेवारी डीआईजी बस्न्यातलाई सुम्पेको हो ।

छानबिन समितिमा यसअघि गठित समितिका संयोजक एसएसपी उत्तम सुवेदी र अर्का एसएसपी नरेश शाही सदस्य रहेका छन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले यो समितिमा सीबीआर र पोलिग्राफ टेस्ट गर्न सक्ने विज्ञ प्रहरी अधिकृतहरुलाई पनि सदस्य तोकिएको छ ।