किशोरी हत्या प्रकरणः पर्वतका महिला मानवअधिकारकर्मीद्वारा कार्वाहीको माग

2028
views

पर्वत । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि दोषी पत्ता लगाउन नसकेको भन्दै पर्वतका महिला मानवअधिकारकर्मीहरुले विरोध ¥याली निकालेका छन् ।

मानव अधिकारकर्मी तथा स्वतस्फूर्त विरोध¥यालीमा सहभागी महिलाहरुले पन्त हत्याका दोषीलाई कार्वाहीको माग गर्दै आईतवार विरोध ¥यालीको आयोजना गरेका हुन् ।

विरोध ¥यालीमा सहभागी महिलाकर्मीहरुले निर्मला पन्त हत्याका वास्तविक दोषीलाई पक्राउ गरी न्याय दिलाउन माग गरेका छन् । महिला मानव अधिकारकर्मीहरुले निर्मला पन्तका दोषीलाई कार्वाही गर्न ढिलाई गरेकोमा आपत्ति जनाएका थिए ।

मानव अधिकार (महिला) को रक्षा गर्नुपर्ने माग राख्दै प्रर्दशन गरिएको विरोध ¥यालीमा नेपाल मानव अधिकार संगठन पर्वतले समेत एक्येवद्धता जनाएको संगठनका सचिव माधव पौडेलले जानकारी दिए ।