मलेसियामा ४ नेपालीको मृत्यु

579
views

काठमाडौं– मदिरा सेवन गर्दा मलेसियामा ४ नेपालीसहित १५ जनाको मृत्यु भएको छ । मलेसियाको स्टार अनलाइनले सेलान्गर प्रहरी प्रमुख कमाण्डर डाटुक मज्लन मन्सरलाई उधृत गर्दै नेपालीसहित एक मलेसियन, एक बंगलादेशी र एक भारतीयको परिचय खुलेको जनाएको छ ।

अन्यको सनाखत भएको छैन। स्थानीय प्रहरीले उनीहरुको मृत्यु विषाक्त मदिरा सेवनका कारण भएको आशंका गरेको छ। यद्यपी अहिलेसम्म पोस्टमार्टम रिपोर्ट आएको छैन् ।

मदिरा पिएका अन्य ३३ जनालाई अस्पताल भर्ना गरी उपचार सुरु गरिएको छ । जसमा अधिकांश नेपाली रहेको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् ।