कुश्मानगरपालिका प्रमुखका उम्मेदवार मेघनाथ सुवेदीको महत्वाकाँक्षी घोषणापत्र सार्वजनिक

627
views

निर्मल पौडेल
पर्वत, २१, बैशाख । पर्वत, २१ वैशाख । कुश्मा नगरपालिकाको समृद्धि र विकासका लागि नेकपा एमालेका उम्मेदवार मेघनाथ सुवेदीले बिहीबार महत्वाकाँक्षी घोषणापत्र सार्वजनिक गरेका छन् । उम्मेदवार मेघनाथ सुवेदी र उपप्रमुख मुगा कुमारी शर्माले कुश्मा नगरपालिकाको समग्र विकासका मुद्धा समेटिएको घोषणा पत्र सार्वजनिक गर्दै एमाले सिङ्गो मुलुक निर्माणका लागि एमालेलाई नै विजय गराउनुपर्ने बताएका छन् । २० बुंदे चार पृष्ठको घोषणापत्रमा भौतिक पूर्वाधार, पर्यटन, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, संचार, खेलकुद, सिंचाई, धर्म संस्कृति, सामाजिक सुरक्षा, उद्योग व्यवसाय, विद्युत, वन तथा वातावरण, कला साहित्य, कानून, नियम, नीति निर्माण तथा न्याय सम्पादन, नगर प्रहरी र विविध विषयलाई महत्वाकाँक्षाका साथ उल्लेख गरिएको छ ।
घोषणा पत्रमा नगर आम्दानीको श्रोत, अन्र्तगत नेपाल सरकारबाट प्राप्त अनुदान ।
स्थानीय कलकारखाना, उद्योगधन्दाबाट प्राप्त शुल्क, सेवा शुल्क, कालीगण्डकी, मोदी नथा स्थानीय खोलानालाको ढुगा, गिटी, बालुवाबाट प्राप्त शुल्क, कानून बमोजिमको सम्पत्ति कर मालपोत, विद्युत रोयल्टी, मनोरञ्जन तथा पर्यटन शुल्क, दर्ता तथा नविकरण शुल्क निर्यातजन्य उद्योगबाट प्राप्त शुल्क, राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ निकाय तथा संघसंस्थाबाट प्राप्त हुने अनुदान÷सहयोगका साथै उपरोक्त शुल्क तथा कर निर्धारण गर्दा आम जनभावना अनुसार उद्योग व्यवसायलाई प्रतिकूल असर नगर्ने र संरक्षण गर्ने नीति अबलम्वन गरी निर्धारण गरिने घोषणापत्रमा उल्लेख गरिएको छ ।
घोषणा पत्रको २० औं बुंदाको दुरदृष्टिमा भनिएको छ –मोदीको डिमुवादेखि पोखराको पामेसम्म सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि प्रदेश तथा केन्द्र सरकारसँग पहल गरिने । नगरपालिका भित्रको खेतीयोग्य जमिनलाई संरक्षण गर्दै व्यवस्थित बस्ती विकास गरी शहरीकरण गरिने, नगरपालिकालाई सेवापालिकाको रुपमा विकास गरी स्थानीय सरकारसँग सर्वसाधारणको सम्बन्धलाई गाढा बनाइने, नगरपालिकाभित्र पर्ने मोदीवेणीमाथि दुईवटा पुल बनिसकेकोले सो क्षेत्रको पर्यटकीय महत्व अझ वृद्धिका लागि ‘वृजरिङ निर्माण’ गर्न मुडिकुवा–कैया पुलको समेत निर्माणका लागि छिमेकी नरपालिकाहरुसँग सहकार्य गरिने समेत उल्लेख गरिएको छ ।
घोषणापत्र सार्वजनिक कार्यक्रमपछि प्रतिक्रिया दिदैं नगर प्रमुखकका उम्मेदवार मेघनाथ सुवेदीले आफ्नो विजयले मात्र घोषणा पत्रमा उल्लेखित समृद्धि र विकासका कामहरु हुने बताए । घाेषणा कार्यक्रममा बाेल्दै  नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले एमालेको विजयले मात्र देशको अस्थिरताको अन्त्य हुने बताए । घोषणा कार्यक्रमको अध्यक्षता यम बहादुर गुरुङ र सञ्चालन प्रचार प्रसार विभागका सचिव किशोर सापकोटाले सञ्चालन गरेका थिए ।