उपराष्ट्रपति पुन र हुँ छुन्ह्वाबीच भेटवार्ता

1762
views

काठमाडौं, ४, असोज । चीनको औपचारिक भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हुँ छुन्ह्वाले शिष्टाचार भेट गर्नुभएको । भेटमा उपप्रधानमन्त्री हुँ ले चिनियाँ बन्दरगाह प्रयोग सम्बन्धी संझौतामा चाँडै हस्ताक्षर हुनुपर्ने उल्लेख गर्नुभयो ।

सो भेटवार्तामा उपराष्ट्रपति पुनले नेपालसँग भएको व्यापार तथा पारवहान सम्झौता र चीनले अगाडि सारेको बेल्ट एण्ड रोड एनिसियटिभ (बिआरआई) नेपालका लागि विशेष रहेको बताउनुभयो । उपराष्ट्रपतिले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै नेपाली भूमी चीन विरुद्ध गतिविधि गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ल्हासा–काठमाडौं–लुम्बीनी रेलमार्ग बनेमा चीनलाई भारत हुँदै दक्षिण एशियालाई जोड्न सकिए नेपाल र चीन दुवैलाई लाभ हुने बताउनुभयो । अवरुद्ध तातोपानी नाका सञ्चालमा जोड समेत भेटका क्रममा उपराष्ट्रपति पुनले जोड दिनुभएको थियो । भेटका क्रममा उपराष्ट्रपति पुनले नेपालको जलविद्युत, कृषि, पर्यटन, जडिबुटी, भौतिक पूर्वाधार निर्माणमा लगानी गर्न आग्रह गर्नुभएको बताइएको छ ।