‘राष्ट्रप्रेम’ निर्माणको अन्तिम चरणमा

1386
views

अजय पौडेल
नवलपर, ४, असोज । नवलपुरका लोक गायक बिशाल पौडेलले नयाँ गित ‘राष्ट्रप्रेम’ छिटै बजारमा ल्याउने तयारीमा रहेका छन् ।

देश भक्तिको भावनाले ओतप्रोत राष्ट्रिय गीत “राष्ट्रप्रेम” निर्माण को अन्तिम चरणमा पुगिसकेको निर्माण पक्षले जनाएको छ। बिशाल पौडेलको शब्द अनि संगीतले सुसज्जित उक्त गीतमा स्वयम् बिशाल पौडेल, गीता शाही, केशव आचार्य, काब्य आचार्य, बिबेक पाण्डेसंगै कल्पना सापकोटाले आवाज दिनुभएको छ ।

प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भई श्याम स्वेत रसाईलीद्वारा सम्पादित “राष्ट्रप्रेम” को संगीत संयोजन भने बहुचर्चित संगीतकार एबम् संगीत संयोजक आशिष अबिरलले गर्नु भएको हो । संगीतमा निरन्तर लागिरहेका गायक पौडेलले ‘राष्ट्रप्रेम’ लाई छिटै एक विशेष समारोहका बिच बिमोचन गरि बजारमा ल्याउने जानकारी ‘राष्ट्रप्रेम’ का सर्जक बिशाल पौडेलले जानकारी गराउनु भयो ।

गीतलाई स्वयम् बिशाल पौडेल र मोफसलका चर्चित निर्देशक प्रविन भण्डारीले निर्देशन गर्नुभएको हो भने छायांकनतर्फ कुशल छायाँकार नारायण आचार्यले गर्नुभएको छ सम्पादन टेकेन्द्र साहको रहेको छ। एउटा गीतमा किन त दुई दुई जनाको निर्देशन भन्ने संचारकर्मीहरुको प्रश्नमा, अत्याधिक कलाकारहरुलाई फ्रेमभित्र समेट्नुपर्ने, अत्याधिक स्थानहरुमा पुग्नुपर्ने र समय पनि धेरै नै खर्चिनु पर्नेसंगै अलि खर्चिलो प्रोजेक्टको रुपमा “राष्ट्रप्रेम” डिजाईन गरिएको हुँदा दुई जनाले निर्देशन गर्नु परेको निर्देशक द्वयले बताउनु भयो ।

गीतमा कलाकार पत्रकार खेलाडी शिक्षाबिद चिकित्सक लगायतका ब्यक्तित्व हरु समाबेश गरिएको छ। ऋषि धमला, पशुपति शर्मा, बिमल अधिकरी लगायत का पत्रकार तथा कलाकार हरुलाइ पनि ‘राष्ट्रप्रेम’मा देख्न सकिने जनाएको छ। राष्ट्र अनि राष्ट्रियता रक्षाका लागी तयार गर्न लागिएको “राष्ट्रप्रेम” एउटा ऐतिहासिक गीत वन्ने उहाँहरूको दावी रहेको छ ।