१० बर्षिया बालिकाको बलत्कारपछि हत्या भएको पुष्टि

1209
views

सबिता शर्मा
पोखरा, १० असोज । सोमबार साँझ खाजा किन्न पसलमा गएकी र बेपत्ता भएकी पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी कोदीकी श्रेया विकको बलत्कारपछि हत्या भएको पोष्टमार्टबाट पुष्टी भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार भएको परिक्षणमा बलत्कारपछि हत्या भएको पुष्टि भएको हो ।

उनको यौनाङग सुनिएको र शरिरमा चोट देखिएको जानकारी पोष्टमार्टमा संग्लन चिकित्सकहरुले बताएको श्रेयाका मामा कृष्ण सुनारले जानकारी दिए । ‘ढुंगाले टाउको छाती सबैतिर हानेको देखिन्छ । नजिकै रगताम्य भएको ढुंगा थियो, श्रेयाका मामा कृष्ण सुनारले भने ‘पोष्टमार्टम रिपोर्टमा पनि टाउको र शरिरका ठाउँ ठाउँमा चोट देखिएको बताए ।’ थप परिक्षण भईरहको र त्यसको रिपोर्ट आउन केही दिन लाग्ने अस्पतालले जनाएको छ ।

आमा दिदी सहित मामा घर बस्दै आएकी श्रेयाको मंगलबार विहान घर नजिकैको खोल्सीमा शव भेटिएको थियो । उनी लिला आधारभुत स्कुलमा कक्षा तीनमा पढ्दै आएकी थिइन् । यसैबिच कास्की प्रहरीले १० वर्षिया श्रेया बिकलाई बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरेको छ । श्रेयालाई आफ्नै छिमेकीले बलात्कारपछि हत्या गरेको खुल्न आएको छ ।

पक्राउ पर्नेहरु सबै पुम्दीभुम्दीकै हुन् । तीन जनामा बढी शंका लागेकोमा एक जनाले भने स्विकार गरिसकेको कास्कीका प्रहरी प्रवक्ता रविन्द्र गुरुङले जानकारी दिए ।