महिला हिंसा र पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरोधमा विद्यार्थी आन्दोलित

992
views

सबिता शर्मा
पोखरा, १० असोज । पोखरा स्थित पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीहरु प्रर्दशन÷प्रर्दशन भन्दै ओइरिए । एकैछिनमा क्याम्पस प्राङगणमा आएका हुलका हुल विद्यार्थीले नाराबाजी गरे । विद्यार्थीको नाराबाजी घन्किन थालेपछि यत्रतत्र रहेका अरु विद्यार्थीहरुको समेत ओईरो लाग्यो । विद्यार्थीहरुले महिला हिंसा र पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा सरकारको चर्को आलोचना गरे ।

क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले महिला हिंसा र पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिको विरोधमा प्रर्दशनको आयोजना गरेको अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसका अध्यक्ष राजन शर्मा पराजुलीले बताए ।

अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसका अध्यक्ष राजन शर्मा पराजुलीले निर्मला पन्तको हत्यारा खोज्दै गरेको सरकारले घटनाको लामो समयम बितिसक्दा पनि दोषी पहिचान गर्न नसकेको भन्दै यसको जिम्मा अखिललाई दिए बलात्कारीको अगाडि सिंह बनेर लुछन समेत तयार रहेको उद्घोष गरे ।

विद्यार्थी नेताहरुले सरकारलाई आफ्नो तर व्यवहारमा जनपक्षिय नभएको आरोप लगाउँदै आफ्नै सरकार भएपनि बलात्कार र चाडको समय मुल्य वृद्धि गरेर जनतालाई दुःख दिएको भन्दै आलोचना गरे ।

समाजवादको सपना पुरा गर्न जनपक्षिय काम गर्नुपर्दछ अर्का विद्यार्थी नेता सन्तोष न्यौपानेले भने ‘सरकार बलत्कारीका विरुद्धमा माहुरी र जनताका अगाडी अरिङगाल बन्यो ।’

यस्तै पोखरा पुम्दीभुम्दीकी १० वर्षीया श्रीया विकको हत्यारालाई प्रहरीले पक्राउ गरेको भन्दै घटनाका दोषीलाई कार्वाहीमा उन्मुक्ति नदिन समेत आग्रह गरे ।

विरोध प्रर्दशन कार्यक्रममा चाडवाड नजिकिदै जाँदा प्रतिलिटर पेट्रोलियम पदार्थ मूल्यमा ३ रुपैयाँले वृद्धि हुँदा सर्वसाधारणको ढाड सेकेको बताए ।