पाँच रुपियाँ दिएर बलात्कारपछि हत्या

1978
views

सबिता शर्मा
पोखरा, १०, असोज । सोमबार साँझ खाजा किन्न पसलमा गएकी पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया विक बेपत्ता भईन् । मंगलबार विहान घर नजिकैको खोल्सीमा उनको शव भेटियो । विकको शवको प्रकृति हेर्दा बलात्कारपछि घटना भएको देखियो । प्रहरीले तत्काल अनुसन्धान थाल्यो । अनुसन्धानको २४ घण्टा वित्न नपाउँदै प्रहरीले ५ रुपियाँमा उनको बलात्कारपछि हत्या भएको खुलेको छ । हत्यामा संलग्न अभियुक्त २७ वर्षीय कुसुम पौडेल रहेको सार्वजनिक गरेको छ ।

अभियुक्त पौडेल छिमेकी हुन् । सोमबार उनले साथीहरुसँग बसेर मदिरा पिएको र बालिकालाई एक्लै देखेपछि ५ रुपैयाँ दिएर फकाएको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ । पाँच रुपियाँ दिएपछि फेरी १० रुपैयाँ देखाएर बलात्कार गर्न खोज्दा बालिका नमानेपछि फालिदिएको र पानी ट्यांकीमुनि झाडीमा धकेलिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

झाडीमा झ्याँकिएकी विकलाई पौडेले बलात्कार गर्न खोज्दा बालिका चिच्याएपछि दुबै हातले घाँटी थिचेको र बालिका बेहोस भएपछि मृत्यु भएको ठानेर पौडेलले ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेको भेटिएको कास्की प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्तलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पोखरा आन्दोलित

प्रहरीले अभियुक्त सार्वजनिक गर्न आयोजित पत्रकार सम्ेललन हुँदै गर्दा पोखरा पुम्दीभुम्दीकी १० वर्षीया श्रीया विकको हत्यारालाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा बुधबार नाराबाजी गेका छन् ।

श्रीयाको बलात्कारपछि हत्या भएको भन्दै हत्यारालाई कारवाहीको माग गर्दै स्थानीयले प्रर्दशन गरेका हुन् । कारवाहीको लागि दबाव स्वरुप जिल्ला प्रशासन कार्यालय अघिल्तिर स्थानीयवासी, मानव अधिकारकर्मी लगायतले नारावाजी गरेका हुन् । स्थानीयहरुले बलात्कारीलाई फासी दिनुपर्ने भन्दै नारावाजी समेत गरेका छन् ।