प्रधानसेनापति र दक्षिण कोरियाका राजदुतबीच भेट

840
views

काठमाडौँ, १०, असोज । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र काठमाण्डौस्थित दक्षिण कोरियाली राजदुतावासका राजदुत पार्क योङ्ग सिकबीच भेटवार्ता गर्नुभएको छ ।

भेटमा पार्कले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुका साथै द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । राजदुत सिकले नेपाली सेनाको गरिमामय छविको प्रशंसा गर्नुभएको थियो ।