दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १५ वर्ष जेल सजाय

620
views

सिओल–दक्षिण कोरियाका पूर्व राष्ट्रपति लि म्युङवाकलाई भ्रष्टाचारको अभियोगमा १५वर्ष जेल सजाय सुनाइएको छ । शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा लि लाई सिओल अदालतले आज १ करोड १५ लाख डलर जरिमाना तिर्ने सजाय पनि सुनाएको छ ।

लि ले भने अफू विरुद्धका आरोप राजनीति प्रेरित भएको टिप्पणी गरेका छन्। कोरियामा जेल सजाय पाउने उच्च पदस्थ पूर्व अधिकारीमा उनी चौथो रहेका छन् ।

सिओल स्थित जिल्ला अदालतका न्ययधिशले दोषीलाई कडा कारवाही अपरिहार्य रहेको टिप्पणी गरेका छन् । लि माथि सामसुङ कम्पनीका अध्यक्ष लि कुन हीलाई अर्बौ रकम लिएर माफी दिएको अभियोमा कारवाही प्रकृया अघि बढाइएको थियो। तर सामसुङले भने यो अभियोगलाई अस्वीकार गर्दै आएको छ ।