निर्मलाका लागि न्याय माग्दै काठमाडौंमा वृहत प्रर्दशन

831
views

काठमाडौं, २०, असोज । राजधानीको माईतीघर मण्डलामा गृहमन्त्री राम बहादुर थापा र प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको राजिनामा माग गरिएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाई कारवाही गर्न माग गर्दै विरोधमा उत्रिएका प्रर्दशनकारीले राजिनामाको माग गरेका हुन् ।

निर्मलाका लागि न्याय माग्दै गरिएको प्रदर्शनमा कलाकार, नागरिक समाज मानवअधिकारवादी, विद्यार्थीलगायत युवाहरुले विरोध प्रर्दशन गरेका थिए । विरोध प्रर्दशनमा नयाँ शक्ति पार्टीले समेत आफनो ब्यानरसहित उपस्थिति जनाएको थियो ।

घटना भएको ३ महिना हुन लाग्दा पनि निर्मलाका हत्यारा पहिचानमा सरकारको लाचारीपन देखिएको, हत्यारा जोगाउन खोजेको भन्दै सरकारको खवरदारी गरिएको छ । प्र्रदर्शनकारीले घटना अनुसन्धानमा गृह प्रशासन असफल भएको आरोप लगाएका छन् ।

माइतिघरबाट र्यालीसहित बानेश्वरमा पुगेर आयोजित विरोधसभामा नायिक रेखा थापाले बलात्कारजस्ता घटनाका अपराधी लुकाएर सरकारले के गर्न खोज्दै छ भन्दै आक्रोश व्यक्त गगिर्दै भनिन् ‘अपराधीलाई करवाही गर भनेर प्रष्ट भाषामा गरेको माग सरकारले नबुझे अब कस्तो भाषामा नागरिकका आवाज सुन्छ ?’

न्याय माग्नेलाई लाठी बर्साउछौ, बलात्कारीलाई माया गर्छौ, आइजिपीलाई बर्खास्त गर, प्रमाण नष्ट गर्नेलाई कारबाही गर भन्ने लगायतका नारा लेखिएका प्लेकार्ड प्रर्दशन गरिएको छ ।