मकैजोन परियोजनाको बजेट एककरोड ९९ लाख

758
views

महेन्द्र जिसी
पर्वत । मकैजोन परियोजना पर्वत मुडिकुवाले वार्षिक स्वीकृत कार्यक्रमको सार्वजनीक गरेको छ । फलेवास नगरपालिका अन्र्तगत ६ वडाका लागि सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आ.व. ०७५/०७६ को स्विकृत कार्यक्रम सार्वजनीक गरेको हो । कार्यालयले २७ वटा कार्यक्रम सम्पन्न गराउन एक करोड ९९ लाख बराबरको बजेट सार्वजनिक गरेको हो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले मकैजोन परियोजनाले मकै उत्पादनमा विशेष जोड दिँदै खाध्यन्नको रुपमा समेत मकैको उपभोग दर बढाउनु पर्नेमा सुझाव दिए । रेग्मीले बीऊ उत्पादक कृषकहरुको पहिचान गराउँदै अन्य जिल्लामा समेत गुणस्तर बीऊको माग पुरा गराउनमा परियोजना लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जोन सञ्चालक समिति र परियोजना लागू भएका वडाका अध्यक्ष र कृषकहरुको सहभागिता रहेको थियो । कार्यालयले प्रयोगशाला निर्माण, प्रतिफलमा आधारीत प्रोत्साहन अनुदान, प्राङगारीक मल जैविक मल, व्यवसायीक बिज वृद्धि कार्यक्रम, कस्टम हेयरीङ सेन्टर स्थापना सञ्चालन, मकै सुकाउने प्रविधि प्रदर्शन निर्माण लगायतका कार्यक्रमहरुको सार्वजनीक गरको हो ।

परियोजनाले गतवर्ष २० टन मकै बीऊका लागि उत्पादन गरेको परियोजनाले बीउ शुद्धिकरण र गुणस्तरमापनका कार्यक्रम समेत चालु वर्षमा लागू गर्ने जनाएको छ । परियोजना प्रमुख महेन्दं्र कौडालले सबै कार्यक्रमहरु स्थानीय निकाय र जोन सञ्चालक समितिको सहकार्यमा सञ्चालनमा ल्याउने बताए ।