सांघाइ मास्टर्स टेनिसको उपाधि नोभाक जोकोभिचलाई

716
views

काठमाडौं । चीनमा सम्पन्न सांघाइ मास्टर्स टेनिसको उपाधि सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले जितेका छन । गएराति भएको फाइनलमा क्रोयसियाका बोर्ना कोरिसलाई हराउँदै जोकोभिचले उपाधि उचालेका हुन् ।

युएस ओपन तथा सिनसिनाटी मास्टर्सको उपाधि जितेका जोकोभिचले कोरिसलाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गरे । सेमिफाइनलमा स्विट्जरल्याण्डका रोजर फेडररलाई हराउँदै फाइनलमा पुगेका कोरिसविरुद्ध जोकोभिचले सहज जित हात पारेका हुन् । जोकोभिचले यो वर्ष खेलेका ६ प्रतियोगितामध्ये ५ वटाको उपाधि जितका छन् ।