टर्कीमा सडक दुर्घटनामा १९ आप्रवासीको मृत्यु

514
views

काठमाडौं । टर्कीमा सडक दुर्घटनामा कम्तीमा १९ आप्रवासीको मृत्यु भएकोे छ । मृत्यु हुनेमा अधिकांश बालबालिका छन् । आप्रवासी चढेको ट्रक टर्कीको पश्चिमी प्रान्त इज्मिरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

मृत्यु हुनेहरूको पहिचान खुलेको छैन । भिडियो तस्बिरमा दुर्घटनाग्रस्त ट्रक पल्टिएको र यात्रुको सामान छरपस्ट खसेको देखिन्छ ।विगत केही वर्षदेखि टर्कीबाट हजारौँ आप्रवासी समुद्रको बाटो हुँदै युरोपेली युनियनको सदस्य राष्ट्र ग्रिसतर्फ प्रस्थान गरेका छन् ।

सन् २०१६ मा टर्की र युरोपेली युनियनबीच आप्रवासी प्रवेशमा कडाइ गर्ने सम्झौता भए पनि गैरकानुनी तरिकाबाट आप्रवासीहरू ग्रिस प्रवेश गरिरहेका छन् ।