राजसंस्थाको प्रतिक श्रीपेच सार्वजनिक

1106
views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेच सार्वजनिक गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्दै श्रीपेचलाई सोमबार सार्वजनिक गरेका हुन् ।

संग्राहलय भ्रमण गर्नेहरुले श्रीपेच हेर्न पाउनेछन् । अवलोकन गर्न प्रधानमन्त्रीसहित पर्यटन मन्त्री रविन्द्र अधिकारी र अन्य उच्चदपदस्थ अधिकारी पुगेका थिए ।

यसअघि बुलेटप्रुफ सिसामा राखिएको राजसंस्थाको प्रतीक श्रीपेच पर्याप्त सुरक्षा नभएको भन्दै सार्वजनिक गरिएको थिएन । राजतन्त्रको अन्त्य भएको १० बर्षसम्मपनि श्रीपेच सार्वजनिक नहुँदा श्रीपेच हराएको हल्ला चलेको थियो ।