क्रान्तिकारी माओवादीका पर्वत सेक्रेटरी आशिषको श्रद्धाञ्जली सभा सम्पन्न

968
views

पर्वत । जिल्लाको पैयुँ गाउँपालिका–३ बेउलीवास, गोहपुकमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पर्वत जिल्ला सेक्रेटरी कुश्माखर भुसाल‘आशिष’को श्रद्धाञ्जली सभा आइतबार सम्पन्न भएको छ ।

श्रद्धाञ्जली सभामा विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरुले उनको राजनैतिक जीवनका बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य नारायण अधिकारी ‘निश्चल’ ले संभावना भएको नेता गुमाउनु पर्दा पार्टी र देशलाई अपुरणीय क्षति भएको बताएका थिए ।

यसैगरी कार्यक्रममा उपस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य राजकाजी गुरुङ ‘करण’, पूर्व सभासद गुणाखर बस्याल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला नेता गगन थापा, नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला नेता महान गुरुङ, शिक्षक रेशमलाल सापकोटा, ख्याम प्रसाद सापकोटा, थानेश्वर भुसाललगायतले उनको योगदानका बारेमा चर्चा गरेका थिए ।

सो पार्टीका जिल्ला इन्चार्ज तेजेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन तिलक अधिकारीले गरेका थिए ।