अन्तराष्ट्रिय रेफ्री ढकाल सम्मानित

1301
views

काठमाडौँ । तेक्वान्दोका अन्तरािष्ट्रय रेफ्रि दिपेन्द्र ढकाल सम्मानित भएका छन् । प्रदेश नम्बर ३ का प्रदेश सभाका सदस्य माननीय सांसद वसुन्धरा हुमागाइले प्रथम मेयर कप फाइब ए साइड मिनी पोस्ट फुटबल प्रतियोगिताको अवसरमा ढकाललाई सम्मान गरे ।

काभ्रे जिल्लाको कुशादेबी भेगको खेल क्षेत्रलार्य नै उचाइमा पुर्याएको र लामो समयदेखि तेक्वान्दो खेलमा योगदान पुर्याएकोमा उनलाई सम्मान गरिएको हो

छिमेकी राष्ट्र चीनमा सम्पन्न अन्तराष्ट्रिय रेफ्री सेमिनारमा नेपालको तर्फबाट सहभागिता जनाइ उत्तिर्ण हुन सफल भएका ढकाललाई नेपाल र नेपालीहरूको प्रतिष्ठा र गौरव उच्च पारेको भन्दै अन्नपूर्ण नेटवर्क मिडिया प्रा.लि.का अध्यक्ष क्याप्टेन रामेश्वर थापा तथा पनौती नगरपालिका नगर प्रमुख भीम न्यौपानेले टीका एवं दोसल्ला ओढाइ सम्मान गरेका थिए ।

तेक्वान्दोका फोर डान दीपेन्द्र ढकाल छिमेकी राष्ट्र चीनको उसी सहरमा अन्तराष्ट्रिय निर्णायक सेमिनारमा सहभागी भई उत्तिर्ण भएपछि छत्तिस वर्षपछि उनी नेपाली सेनाबाट तेक्वान्दो खेलको अन्तराष्ट्रिय निर्णायक बन्ने पहिलो तेक्वान्दो खेलाडी बनेका छन् ।