ओली सरकार इतिहासमै सबैभन्दा निकम्मा सावित : प्रवक्ता शर्मा

3352
views

फिदिम । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नराम्रोसँग हार खाएको काँग्रेसको उत्थान नहुँदै कम्युनिष्टको पतन हुने ठोकुवा गरेका छन् । पाँचथरको फिदिममा पत्रकारहरूसँग कुरा गर्दै शर्माले कम्युनिस्टको नेतृत्वमा रहेको दुई तिहाइको शक्तिशाली सरकार जनताले सोचेभन्दा अगावै पतन हुने बताए ।

देशको विकास गर्न सबैभन्दा उपयुक्त समय भएर पनि बामपन्थी सरकार ढुलमुलाएको बताउँदै शर्माले भने ‘अहिलेको सरकारले देशको विकास गर्न भन्दा पनि स्वार्थपूर्तिमा तल्लिन बन्दै गएको छ ।’

प्रवक्ताशर्माले सरकारको काम गर्ने ढंग पुगेको नपुगेको जिकिर गरे । उनले काम गर्दा ढंग नपुगेपछि ठेस खानुपर्ने बताए । उनले नेपालको इतिहासमा सबैभन्दा शक्तिशाली ओली सरकार, कार्यशैलीको दृष्टिकोणमा इतिहासमै सबैभन्दा निकम्मा सावित भएको शर्माको दावी छ ।