मालबाहक ट्रकले मोटरसाइकल र अटोलाई किच्दा दुईजनाको मृत्यु

653
views

हेटौँडा, २, मंसिर । हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा केहीबेरअघि दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ । एउटा मालवाह ट्रक पल्टिएर मोटरसाइकल र अटोलाई किचेर यो दुर्घटना भएको हो ।

ट्रकले किच्दा ना १ ह ८९५९ नंबरको अटो र ना ४० प ६२१ नम्बरको मोटरसाइकलमा सवार २ जनाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा-४ का २० वर्षीय सुदीप घिमिरे र अटोमा सवार हेटौंडा-४ की ३५ वर्षीया गंगा चेमजोङ रहेको उनले जानकारी दिए । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ७०१७ नम्बरको ट्रक पल्टिँदा मोटरसाइकल र अटो किचिएका थिए ।