पोखरामा ‘हट एयर’ बेलुन व्यवसायीक उडान शुरु

791
views

पोखरा । बेलुन नेपाल प्रालिले पोखरामा ‘हट एयर’ बेलुनको व्यवस्था लिाएको छ । पोखराका पर्यटकीय क्षेत्रहरुको अवलोकनका लागि सो व्यवस्था मिलाएको हो । फेवाताल र हिमालका मनोरम दृश्यावलोकन गर्न ‘हट एयर’ बेलुनको व्यवस्था मिलाइएको हो ।

एके पटकमा आठजना बोकेर उडान गर्न सकिने दुईवटा बेलुनको शनिवार औपचारीक रुपमा सञ्चालनमा ल्याइएको बेलुन नेपाल प्रालिका प्रबन्ध निदेशक प्रविण महर्जनले जानकारी दिए । बेलुनको कास्की धम्पुस र पोखरा महानगरपालिका २३ बाम्दीबाट उडान गर्ने उनले जानकारी दिए ।

प्रालिले नेपाली पर्यटकलाई प्रतिव्यक्ति ११ हजार तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति १६० अमेरिकी डलर शुल्क लिने बताए । बेलुनमा चढेर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् ।