मूल्य निर्धारण नहुँदा समस्या

724
views

इलाम । इलाममा चिया खेती शुरु भएको २०० वर्षभन्दा बढी भएको छ । तर पनि चिया क्षेत्र व्यवस्थित बन्न सकेको छैन । विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा एकरुपता नभएको र अर्गानिक चियाको माग बढेपनि त्यसको लागि आपूर्तिको उचित व्यवस्था नहुँदा चियामा बढी समस्या देखिएको छ । चिया उद्यमीहरुका अनुसार सरकारले बजारीकरणको राम्रो व्यवस्था नगरेको गुनासो छ ।

हरियो पत्तिको मुल्य निर्धारण नहुँदा उद्योगैपिच्छे फरकफरक मूल्यमा चिया बिक्री हुने गरेको छ ।’ भारतले छोटो समयमा नै हरियो पत्तीको मूल्यमा परिवर्तन गरिदिनाले आफ्नो उत्पादन कतिमा बिक्री हुन्छ भन्ने पनि अन्योलता देखिएको छ ।

सरकारसमक्ष पटकपटक आग्रह गर्दासमेत चियाको मूल्य निर्धारण हुन नसकेको उज्यालो सहकारी संस्थाका विष्णुप्रसाद दुलालको भनाई छ । श्रमिकहरु ज्यालामा पनि ठगिने गरका छन् । इलाममा करीब चार करोड पाँच लाख किलो चिया उत्पादन हुने गरेको छ ।