प्रथम बडीगाड महोत्सवमा दर्शकको घुँईचो

1029
views

बाग्लुङ । शनिवारदेखी शुरु भएको बडीगाड महोत्सव आर्कषक बन्दै गएको छ । कला संस्कृति कृषि र पर्यटन समृद्ध बडीगाडको आधार, प्रथम बडीगाड महोत्सव तथा पौंँदी न्वागी मेला नमुना बडीगाडको पूर्वाधार भन्ने नारा सुरु भएको महोत्सव तथा पौंदी न्वागी मेला विविध प्रतियोगितात्मक कार्यक्रमहरु भएका छन् ।

महोत्सवमा अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिताका विविध चरणका खेलहरु सञ्चालन भइरहेका छन् । सोरठी भैलो प्रतियोगिता समेत गरिएको महोत्सवमा सरायँ नृत्य प्रतियोगिता पनि भएको छ ।

बडीगाड आइडलको अडिसन पनि सम्पन्न भएको छ । पहिलो दिन झाँकी सहित दशौं हजार मानिसको उपस्थिति रहेपनि दोश्रो दिन २ हजार २ सय टिकट विक्रि भएको आयोजकले जनाएको छ । प्रति टिकट रु २० दर राखिएकोले रु ४४ हजार आयोजकलाई प्राप्त भएको छ ।

महोत्सवको आज दोस्रो दिन कराँते फाइनल, खुल्ला भलिवल प्रतियोगिता, मावि तह वक्तृत्वकला प्रतियोगिता, खुल्ला साँस्कृतिक कार्यक्रम, लगाएतका कार्यक्रमरु राखिएको छ ।

राष्ट्रिय स्तरका कलाकारहरुको आगमनले बडीगाड महोत्सवस्थानमा सहभागीहरुको खचाखच छ । बडीगाड गाउँपालिका तथा पौंदी क्षेत्रकै संस्कृति प्रवद्र्धन, पर्यटन क्षेत्रको पहिचान र प्रचार तथा भौतिक पूर्वाधार विकासको लक्ष्य सहित आयोजना गरिएको महोत्सवमा वर्षामा पहिरोको कारण वनेको कृत्रिम तुरतुरे तालमा डुंगा संचालनमा ल्याइएको छ । ढोरपाटन र बडीगाडको सीमानामा पर्ने सो तालमा दैनिकरुपमा आन्तरिक पर्यटकहरु वढ्दै गएका छन् ।