अमेरिकामा ट्रम्प र प्रधानन्यायाधीशबीच के को भनाभन

538
views

बीबीसी । राष्ट्रपति ट्रम्पको विरोधमा प्रधानन्यायाधीशले प्रतिक्रिया दिएको यो पहिलो पटक हो । अमेरिकाका प्रधानन्यायाधीश जन रोबर्टसले एक असाधारण कदम चाल्दै राष्ट्रपति ट्रम्पको सार्वजनिक आलोचना गरेका छन् ।

ट्रम्पले एक संघीय न्यायाधीशले आफ्नो आदेश विपरीत फैसला गरेको झोकमा उनलाई ओबामा पक्षधर न्यायाधीशको संज्ञा दिएपछि प्रधानन्यायाधीश रोबर्ट्सले उनको आलोचना गरेका हुन् ।

आप्रवासीसम्बन्धी आफ्नो नीति उल्ट्याउने गरि फैसला भएकोमा राष्ट्रपति ट्रम्पले ती संघीय न्यायाधीश ओबामा पक्षधर भएको आरोप लगाएका थिए । तर उनको त्यस्तो आरोपको अमेरिकाको सर्वोच्च अदालतका प्रमुखले कडा प्रतिक्रिया दिए ।

पक्षधर
राष्ट्रपति ट्रम्पको विरोधमा प्रधानन्यायाधीशले प्रतिक्रिया दिएको यो पहिलो पटक हो । उनले समाचार संस्था एपीसँग कुरा गर्दै न्यायालयमा कोही ओबामा वा ट्रम्प पक्षधर न्यायाधीश नरहेको जनाए ।

तर प्रधानन्यायाधीश रोबर्ट्सले न्यायपालिकामा कोही कसैको पक्षधर न्यायाधीश नभएको भनी आलोचना गरेपछि पनि राष्ट्रपति ट्रम्पले आफ्नो आरोपको बचाउ गर्दै प्रधानन्यायाधीश गलत भएको ट्वीट गरेका छन् ।

उनले उनकै शब्दमा ओबामा न्यायाधीशहरूको दृष्टिकोण देशको सुरक्षाको वाग्डोर सम्हालेकाहरूकोभन्दा निकै फरक भएको उल्लेख गरेका छन् ।