अन्तराष्ट्रिय डब्लुकेआई कराँते प्रतियोगिता

822
views

काठमाडौं । काठमाडौंमा अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ । इन्टरनेशनल वादो फेडरेशन (आइडब्लुएफ) नेपालको आयोजनामा यहि मंसिर ८ र ९ गते १६ औं अन्तराष्ट्रिय डब्लुकेआई कराँते च्याम्पियनसिप प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा आयोजक नेपाल सहित श्रीलङका, बंगलादेश, भुटान र भारतका गरि कुल ३ सय खेलाडी सहभागी हुने इन्टरनेशनल वादो फेडरेशन (आइडब्लुएफ) नेपालका कार्यवाहक अध्यक्ष शम्भु तामाङले जानकारी दिए ।

प्रतियोगिताको एक दिन अघि मंसिर ७ गते रेफ्री सम्मेलन समेत हुने छ । प्रतियोगितामा सहभागी हुन नेपाल बाहिरका खेलाडी तथा अफिसियलहरु बुधबारबाटै आउन सुरु गरेको कार्यवाहक अध्यक्ष तामाङले बताए ।