नेतृत्वको लागि नयाँ मोर्चा बनाउने सुजाताको खुलासा

595
views

काठमाडौं, ६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले देउवा असफल भएकोले नेतृत्वको लागि नयाँ मोर्चा बनाउने खुलासा गरेकी छिन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेतृ कोइरालाले यस्तो बताएकी हुन् । साक्षत्कारमा उनले दुई तिहाई बहुमतको सरकार पनि असफल भएको बताएकी छिन् ।

नेतृ कोईरालाले सरकारको ९ महिना पूर्ण रुपमा असफल भएको दाबी गर्दै मुलुकमा स्थिरताको साटो अस्थिरता बढ्दै गएको दाबी गरिन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले वर्तमान सरकारले जनताको हितमा एउटापनि काम गर्न नसकेको आरोप लगाईन् । उनले भनिन् ‘म आँफै आश्चर्यमा परेकी छु, कि प्रजातन्त्रमा यत्रो दुई तिहाई बहुमत भनेको त एकदमै महत्वपूर्ण कुरा हो । दुई तिहाई बहुमतको सरकार पनि सफल भएन भने यो एकदम खतरनाक हुन सक्छ ।

नेतृ कोईरालाले देशमा भ्रष्टाचार महामारी फैलिए जस्तै फैलिएको पनि दाबी गरिन् । उनले मुलुक गम्भिर समस्यामा जाने बताउँदै नेपाली कांग्रेस कमजोर भएका कारण देशले समस्या भोगेको जिकिर गरिन् ।

कोईरालाले नेपाली कांग्रेस गम्भिर भएर अगाडी बढ्नुको विकल्प नरहेको भन्दै भनिन् ‘काँग्रेसले अब यो देशको रक्षा गर्छौं । यो देशमा सुरक्षा दिन्छौं । र, हामी यो देशको विकास पनि गर्छौं भनेर हामीले प्रतिबद्धता जनाएका छौं । अब प्रतिबद्धताहरु पूरा गरेर पनि देखाउँछौं ।’