हेर्दै कहाली लाग्ने दुईसय २० मिटर अग्लो बञ्जीजम्प (तस्विर सहित)

5765
views

पर्वत । कुश्मा नगरपालिका–५ को चाक्लेको डिलबाट वानपा बलेवाको नेपाने जोड्ने (दि क्लिफ बञ्जीजम्प) को ७५ प्रतिशत काम पुरा भएको छ । निर्माण कार्य सम्पन्न गर्नका लागि अनुमानित २० करोड रुपैयाँ लाग्ने उक्त बञ्जी जम्प पाँच सय २० मिटर लम्बाईको रहेको वञ्जी जम्प निर्माणका अध्यक्ष राजु केसीले बताएका छन् ।

बञ्जी जम्पको स्लेट विच्छयाउने काम भईरहेको छ । ११ जनाको लगानीमा निर्माण भईरहेको बञ्जीजम्प पर्यटक आर्कषणको केन्द्र विन्दु रहेको र शुरुमा १५ करोड आँकलन गरिएपनि रेष्टुरेन्ट सहित सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको अर्का लगानीकर्ता नवराज शर्माले जानकारी दिए ।

बञ्जी जम्प निर्माणका लागि प्रभु विकास बैंकले पाँच करोड रुपैयाँ लगानी गरेको अर्का लगानीकर्ता नेत्र पराजुलीको भनाई छ ।