दार्चुलामा आगो लगाएर एक महिलाको हत्या २ जना पक्राउ

758
views

२५ जेठ, दार्चुला । दार्चुलामा आगो लगाएर एक जना महिलाको हत्या भएको छ ।
शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया एकल महिला अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ ।
निजको घर नजिकैको खरको लुटोमा आगो लगाएर महिलाको हत्या भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले जानकारी दिए । घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ ।