‘छोरी पढाऔँ, दाइजो हटाऔँ’

1173
views

काठमाडौँ, १२, मङसिर । प्रदेश नं २ मा ‘‘छोरी पढाऔं, दाईजो हटाऔं’’ अभियान सञ्चालन हुने भएको छ । सो अभियान राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियू (छैटौँ) ले गर्न लागेको हो ।

प्रदेश नं २ मा देखिएको अशिक्षा, अन्धविश्वास, दाइजो प्रथा, बोक्सीजस्ता हिंसाका घटनाले पछाडि परेकाले अभियान सञ्चालन गर्न लागिएको छैटौँका अध्यक्ष विमल पोखरेलले जानकारी दिए ।

अभियान प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा यही मङ्सिर १५ देखि पुस १५ सम्म सञ्चालन हुने पोखरेलले बताए ।