अनुकूल कृषि सहकारी संस्था पोखराद्वारा रक्तदान

965
views

सबिता शर्मा
पोखरा । अनुकुल कृषि सहकारी संस्थाले आफ्नो तेस्रो बार्षिक उत्सबको अबसरमा आफ्नो कार्य कक्षबाटै खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अथिती जिल्ला सहंकारी संघ कास्कीका अध्यक्ष रबिरमण तिवारीले संस्थाले आफ्नो स्थापना कालदेखि नै सामाजिक काम गर्दै आएकोमा खुशी ब्यक्त गरे । उनले समाजलाई बुझेर आईपर्ने जस्तोसुकै कठिनाईमा पनि संस्था सामाजमा खुलेर लागि पर्न सुझाव दिए ।

तिवारीले पहिलो रक्तदाता बिष्णु प्रसाद सुवेदीलाई ब्लड ब्याग हस्तान्त्रण गरेर कार्यक्रम उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा ३८ युनिट रक्तदान गरिएको थियो ।

संस्थाले ओमकारेश्वर मन्दिर पोखरा ३० लाई आर्थिक सहयोग गरेको संस्थाका सचिब तथा प्रबन्ध निर्देशक अनिल सुबेदीले जानकारी दिए ।

संस्थाका अध्यक्ष नरेन्द्र कुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा स्वागत कार्यक्रम संयोजक निर्दोष डुम्रे र सञ्चालन सचिव तथा प्रबन्ध निर्देशक अनिल सुवेदीले गरेका थिए ।