ढुङ्गाले हानेर एक युवकको हत्या

671
views

रुपन्देही, २७ मंसिर । रुपन्देहीको तिलोत्तमामा एक युवकको हत्या भएको छ । तिलोत्तमा नगरपालिका–७ दल्गाका २६ वर्षीय अशोक मुसहरलाई बुधबार राति स्थानीय २२ वर्षीय शिवपूजन चौधरीले ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरी उपरीक्षक हृदय थापाका अनुसार हत्या बुधबार भए पनि बिहीबार मात्रै मुसहरको शव फेला परेको थियो । खेतमा शव देखेपछि स्थानीयवासीले खबर गरे, शव हेर्दा हत्या गरेको आशङ्का लागेपछि अनुुसन्धान गर्दै जाँदा चौधरीलाई पक्राउ गरियो, प्रहरी उपरीक्षक थापाले भने, “चौधरीले पनि हत्या गरेको स्वीकार गरे ।”

बुधबार राति पिवाहमा साउण्ड सिस्टमको विषयलाई लिएर अशोक र शिवपूजनबीच झगडा भएको थियो । अभियुक्त चौधरीलाई थुनामा राखी थप अनुसन्धान थालिएको छ ।