मोना–बेनी–लभ्लीहिल पदमार्ग निर्माण

1228
views

म्याग्दी, २, पुष । । बेनी–लभ्लीहिल पदमार्ग निर्माणका लागि झण्डै ७८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । नगरपालिका, नीजि क्षेत्रका साथै प्रवासी म्याग्देलीहरुले संयुक्र रुपमा पदमार्ग निर्माण गर्न लागेका छन् ।

उक्त पदमार्ग पर्यटकीय पदमार्ग हो । बेनपा २ हाडेभिरको पक्की पुलबाट पदमार्ग निर्माण गर्न लागिएको हो । पदमार्गलाई मोना – बेनी– लभ्लीहिल पदमार्ग नामाकरण गरिएको छ ।

तिनसय ९५ मिटर उकालोमा १.८ मिटर चाक्लो, पक्की सिँढी र दायाँबायाँ रेलीङ सहितको पदमार्ग बनाउन लागिएको हो । हामीले ७८ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरेका छौं, म्याग्दी उद्योग वाणिज्यसंघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले भने चार र पाँच महिनाभित्रै पदमार्गा निर्माण हुन्छ ।’

पदमार्ग निर्माणमा नगरपालिकाले पचास प्रतिशत, मोनाले चालीस र उद्योग वाणिज्य संघले दश प्रतिशत लगानी गर्ने निर्णय भएको छ । बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य र म्याग्दी प्रवासी नेपाली संघ (मोना आइसी)का उपाध्यक्ष ओमनारायण जुग्जालीले गत भदौ ८ गते संयुक्त रुपमा पदमार्गको शिलान्यास गरेका थिए ।