हक्की प्रतियोगिताको उपाधि बेल्जियमलाई

465
views

काठमाडौं । भारतको ओडिसामा सम्पन्न विश्वकप हक्की प्रतियोगिताको उपाधि बेल्जियम जितेको छ । नेदरल्याण्ड्सलाई ३–२ ले पराजित गर्दै बेल्जियमले हक्की विश्वकप जितेको हो ।

बेल्जीयमले विश्व खेलकुदको कुनैपनि विधामा विश्वकप उपाधि जितेको यो पहिलो पटक हो । जितसँगै बेल्जीयम विश्व हक्की वरियताको शिर्ष स्थानमा उक्लिएको छ । हिजै भएको अर्को खेलमा इङ्ल्यान्डलाई ३–१ ले हराउँदै अष्ट्रेलियाले तेस्रो स्थान लिएको छ ।