स्थायी समिति बैठकमा पूर्वएमाले धाराका नेता आक्रमक

563
views

काठमाडौं, ३, पुस । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकमा पूर्व एमाले धाराका नेताहरु आक्रमक बनेका छन् । बैठकमा बोल्ने नेकपाका अधिकांश नेताले नेतृत्वको चर्को आलोचना गरे । तर आलोचना र आत्मालोचनाको अभ्यास गर्दै आएका पूर्वमाओवादीका नेताहरु भने नरम शैलीमा प्रस्तुत भए ।

सोमबार फरक मत राख्ने गौतमसहित अग्नि सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश शाह, वेदुराम भुसाल र शक्ति बस्नेत बोलेका थिए ।

‘तत्कालिन एमालेका नेताहरु कडा रुपमा प्रस्तुत भए, माओवादीतिरका नेताको टिप्पणी अलिक नरम सुनियो ।’ बैठकमा सहभागी एक स्थायी समिति सदस्यले भने ।

प्रतिवेदनमाथि छलफल गर्न बिहान ८ बजे नै स्थायी समिति बैठक बोलाइएको छ । आज पनि नेताहरु अध्यक्ष केपी शर्मा ओली माथिकै आलोचनामा खनिने भएका छन् ।