मृत अवस्थामा बालकको शब भेटियो

497
views

बाग्लुङ्ग । निसीखोला गाउँपालिका–२ खाडुका ज्ञानबहादुर घिमिरेका–८ वर्षीय छोरा लोकबहादुरको खोलामा डुबेर मृत्यु भएको छ । बिहान घरबाट निस्केका उनको बेलुका चार बजेको समयमा निसीखोलाको तालमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

डिलबाट खसेर एक महिलाको मृत्यु
बागलुङ नगरपालिका–८ तित्याङमा रहेको शिवालय मन्दिर नजिकैको डिलबाट लडेर एक महिलाको मृत्यु भएको छ । गलकोट घर भई हाल पोखरा महानगरपालिका–१० रामबजार बस्ने २७ वर्षीय सिता कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी अहिले तित्याङकै मनकामना मन्दिरमा बसेर हात हेर्ने र शिवालय मन्दिरमा पुजारीको काम गर्दै आएकी थिईन् । कपडा उठाउने क्रममा झुक्किएर लडेपछि उनको मृत्यु भएको बागलुङ प्रहरीका प्रवक्ता डिएसपी बालनरसिंह राणाले बताए ।