सकियो हिरक महोत्सव

1039
views

गुल्मी । सत्यवति गाउँपालिका–४ लिघामा रहेको सरस्वती माध्यमिक विद्यालय गुल्मीमा आयोजित हिरक महोत्सव सम्पन्न भएको छ ।

मंसिर २२ गते देखि पुष १ गतेसम्म सञ्चालित महोत्सवमा नगद रु१ करोड, ५ लाखको भूमिदान तथा ५ लाखको जिन्सी सहित गरि कुल १ करोड, १० लाख आर्थिक संकलन भएको महोत्सवका प्रचार प्रसार संयोजक प्रकाश भट्टराईको भनाई छ ।

श्री सरस्वति माध्यमिक विद्यालयको सर्वाङ्गीण विकासार्थ श्री सरस्वती धार्मिक तथा शैक्षिक एतिहासिक हिरक महोत्सव २०७५ भन्ने मुल नारा सहित विद्यालयले हिरक महोत्सव सञ्चालन गरेको थियो ।