इन्धन तस्करी रोक्न खोज्दा चार प्रहरी घाईते

761
views

वीरगन्ज,३, पुष । पर्साको जगरनाथपुर गाउँपालिका–१ पाँडेपुरको सीमावर्ती नाकाबाट भारततर्फ इन्धन लगिरहेको समूहलाई प्रहरीले नियन्त्रणमा लिँदा झडप भएको छ । झडपमा प्रहरी सहायक निरीक्षक (असई) सहित चारजना प्रहरी घाइते भएका छन् ।

मंगलबार बिहान करिब ३ बजेको समयमा मोटरसाइकलमा तेल बोकेर पाँडेपुर हुँदै भारतको इनर्वाको देवीगन्जतर्फ लगिरहेका तस्कर समूहलाई नाकामा पर्ने ओरिया खोलामा गस्ती गरिरहेका प्रहरीले रोकेका थिए ।

तस्कर र स्थानीयको कुटाईबाट पाँडेपुर चौकीका इन्चार्ज असई विष्णु देव यादव, प्रहरी हवल्दार प्रेम थापा, प्रहरी जवान अर्जुन चौधरी र पिडारीगुठीका असई जय किशुन महतो घाइते भएका हुन् । ‘प्रहरीलाई कुटपिट गर्ने समुह भारततर्फ भागेका छन् ।