जापानसंग श्रमसंझौताको तयारी

631
views

काठमाडौं । जापानले आफूलाई केही थप श्रमशक्ति आवश्यक भएको भनी अध्यागमनको नीति खुकुलो पारेपछि नेपाल सरकारले जापानसँग श्रमसंझौताका लागि आन्तरिक रुपमा कुराकानी अघि बढाएको बताइएको छ । नेपालीहरुका लागि एक आकर्षक श्रम गन्तव्यको रुपमा रहेको जापानले नेपाली श्रमिकहरुका लागि पनि प्राथमिताका साथ श्रमको ढोका खुला गरेको बताएको छ ।

जापानी अध्यागन नीति खुकुलो भएको सूचना पाउने वित्तिकै त्यहाँ गएर केही रोजगारी पाउनसक्ने नेपाली दक्ष जनशक्तिले तत्कालै नेपाल सरकारलाई श्रमसंझौताका लागि हात अघि बढाउन दबाब दिन थालेको थियो । यसअघि नेपालका लागि अध्ययन भिसा मात्र दिंदै आएको जापानले श्रमका लागि भिसा दिने भएपछि लक्षित समूहहरु जापान जानका लागि सलबलाइरहेका छन् ।

जापानले नेपालबाट चाहेको दक्ष जनशक्ति भनेको स्वास्थ्य, निर्माण, कृषि तथा घरायसी स्याहारसुसारका लागि रहेका छन् । भूकम्प तथा सुनामीले बारम्बार सताइरहने जापानमा निर्माणका कामहरु पछिल्लो पटक केही बढेको पनि बताइएको छ ।

जापान सरकारले नयाँ मादण्ड अनुसार निर्माण कार्य अघि बढाउने भएपछि जोखिमयुक्त काम गर्ने कामदारदेखि बूढाबूढी र विरामीको स्याहारसुसार गर्ने नर्सहरु उसलाई आवश्यक रहेको बताएको छ । हाल जापानमा वृद्धवृद्धा ८० वर्षभन्दा माथिका छन् । मुलबाटोबाट