सम्पति तथा भूमि कर संकलन अभियान शुरु

1752
views

बाग्लुङ्ग । बाग्लुङ्गको गल्कोट नगरपालिका–३ हटियामा सम्पति तथा भुमि कर संकलन घरदैलो अभियान सुरु गरिएको छ । ‘सुशासनमा टेवा, घरदैलोमा सेवा’ भन्ने नेपाल सरकारको पूर्व नीति अनुरुप गल्कोट नगरपालिकाद्वारा सञ्चालित सम्पति तथा भूमिको कर संकलन कार्यको शुभारम्भ गरिएको हो ।

सरकारलाई बुझाउनु पर्ने घर जग्गाको कर अन्तर्गतको यस अभियानको पहिलो दिन वडा नं ३ बाट शुरु भएको गल्कोट नगरपालिका वडा नं ३ का अध्यक्ष वीरजंग भण्डारीले बताए ।

अभियानमा वडा नं ३ का १ सय ४६ घरधुरीले सम्पति तथा भूमि कर बुझाएका छन् । जसबाट २ लाख ५४ हजार २ सय ८४ रुपैया राजश्व संकलन भएको छ ।

सो अभियान पुस ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ । कर बुझाए्उनलेलाई पाँच प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ ।