नेपाल आइडल रविकी आमाको निधन

527
views

कैलाली । दोस्रो नेपाल आइडल रवि ओडकी आमा विष्नादेवी ओडको मृत्यु भएको छ । बुधबार बिहान पानी तान्ने पम्पबाट करेन्ट लागेपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सेती अञ्चल अस्पताल रेफर भएकी बाटोमै मृत्यु भएको हो । रवि ओड विभिन्न अभिनन्दन कार्यक्रमका लागि गृहजिल्लामै रहेका बेला घटना भएको हो ।

रविका तीन भाइ र दुई बहिनी छन् । जन्म दिने आमालाई पहिला नै गुमाएका रविसहित यी भाइबहिनी सबैलाई विष्नाले नै हुर्काएकी थिइन् ।

नेपाल आइडलको उपाधि जितेका रविले जितको खुसियाली मानाउँदै गर्दा उनको परिवारमा यो विपत्ति आएको छ ।