पाकिस्तानी सेनाको आक्रमणबाट दुई नेपालीको मृत्यु

908
views

पुष ११ । भारतीय सेनाको सुवेदार पदमा कार्यरत दुई नेपालीहरु पाकिस्तानी सेनाको आक्रमणमा मारिएका छन् । रुपन्देहीको तिलोत्तमा–९, तुलसीपुरका सुवेदारद्वय गमरबहादुर थापा र रमन थापाको भारतको कुपवाडा जिल्लामा परेको आक्रमणमा मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

शुक्रबार पाकिस्तानको स्नाइपर आक्रमणमा परेका थापाद्वयको निधन श्रीनगरस्थित ९२ बेस अस्पतालमा लैजाने क्रममा भएको हो । ४२ वर्षीय गमरबहादुर सन् १९९३ मा २र८ गोर्खा राइफल्समा भर्ती भएका थिए ।

उनका पत्नी र दुई छोरा छन् ।त्यस्तै, ३९ वर्षीय रमन सन् १९९६ मा भर्ती भएका थिए । रमनका सात वर्षीय एक छोरा छन् ।भारतीय सञ्चार माध्यमले पाकिस्तानले युद्धविराम भंग गर्दै हमला गरेको जनाएका छन् ।