शुभ प्रभात काव्यमालको १ सय ८८ औँ ऋङखला सम्पन्न

1096
views

गोविन्द तिमिल्सिना
हेमजा, १४ पुष । हेमजा साहित्य प्रतिष्ठान द्धारा हरेक महिनाको दोस्रो शनिवार नियमित रुपमा वाचन हुदै आइरहेको शुभ प्रभात काव्यमालाको १ सय ८८ औँ ऋङ्खला तथा कवि कृष्ण प्रसाद पौडेलद्वारा रचित नेपालीपन हाइकु संग्रह लोकार्पण शनिबार हेमजामा भएको छ । कार्यक्रममा प्रज्ञा प्रतिष्ठान नेपालका सदस्य सुर्य खड्का ‘बिखर्जि’को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिकाई केन्द्रका अध्यक्ष कृष्ण कुवँर, पोखरा महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष सोभाखर तिमिल्सिना, गिताञ्जली साहित्य प्रतिष्ठानका अध्यक्ष शिव प्रसाद गौतम, संस्थापक अध्यक्ष जनार्दनशरण त्रिपाठी र स्रष्टा कृष्ण पौडेलले आ–आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा सह–सचिव बलराम पौडेलले कवि कृष्ण प्रसाद पौडेलको बारेमा उल्लेख गरेका थिए भने असफल गौतमले हाइकु संग्रहको समिक्षा गरेका थिए । सो अबसरमा संगित सांस्कृतिक मञ्च पोखराले आफनो प्रस्तुती राखेका थिए ।

श्रृङ्खलामा बिष्णु बाँस्तोला, गोविन्द पराजुली, युण्डीराज ज्ञावली, शिव त्रिपाठी, नारायण गौतम, प्रकाश त्रिपाठी, कृष्ण त्रिपाठी, शिवप्रसाद गौतम, बसन्त बिनोद, अनिल के.सी., बिष्णु पराजुली र सर्बज्ञा श्रेष्ठ लगायतले रचना वाचन गरेका थिए ।

हेमजा साहित्य प्रतिष्ठानका उपाध्यक्ष छन्दमणि त्रिपाठीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वगत कोषाध्यक्ष सुनिल गायकले र सञ्चालन सचिव बसन्त बाँस्तोलाले गरेका थिए ।