डा. केसीको लडाई इलामबाट

523
views

काठमाडौं, १८, पुस । डा. गोविन्द केसी इलमा पुगका छन् । चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने लगायतका माग राखेका केसी सोहौं पटकको अनशनका लागि उनी मंगलबार बिहान इलाम पुगेका हुन् ।

डा. अभिषेक राज सिंहले ट्विट गर्दै यसपटकको लडाईं इलामबाट लड्ने जनाएका छन्। ट्वीटमा उनले लेखेका छन्, ‘आशा छ, सरकार समयमै गम्भीर बन्ने छ र माग सम्बोधन हुने छ ।’

१५ औं सत्याग्रहका बेला गत साउन १० गते सरकार र डा. केसीबीच सम्झौता भएको थियो । के.सी.ले चिकित्सा शिक्षा विधेयक अगाडि बढाउने क्रममा विगतमा गरिएका सम्झौता उल्लंघन गर्ने चलखेल भए कुनै पनि बेला अनशन बस्ने चेतावनी दिएका थिए ।

डा. केसीले संसदको शिक्षा तथा स्वास्थ्य समितिका तर्फबाट विधेयकलाई अघि बढाउन केही दिन लाग्ने भएकाले यस अघि घोषित अनशनलाई दुई सातापछि सारेर १७ गतेसम्मको अल्टिमेटम दिएका थिए ।