बिपी बिदेशीको गुलामी थिएनन्

840
views

सिताराम थापा
बागलुङ, १८, पुस । ४३ औ राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको अवसरमा आयोजित बर्तमान राजनीतिक परिबेशमा बिपि कोईरालाको मेलमिलाप नीति बिषयक अन्तरक्रिया कार्यक्रम वागलुङमा मनाइएको छ ।

कार्यक्रममां बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद हरीप्रसाद नेपालले बिदेशी शक्तिको गुलामी हुनुभन्दा देश र जनतासंगै लडेर राजनीति अगाडि बढाउन बिपि स्वदेश फर्किएको स्मरण गराए ।

बर्तमान अवस्थामा राष्ट्रियता कमजोर भएकोले एकता र मेलमिलापकको नीति आज पनि सान्दर्भिक रहेको उनको भनाई थियो ।

उनले नेपाली काँग्रेसले भर्खरै महासमिति बैठक सम्पन्न गरेको र बैठकले बिचार, विधान र संगठानत्मक स्वरुपमा जाति, लिङ्ग, बर्गको समाबेशी चरित्र भएको विान पारित गरेको बताए । उनले बिकेन्द्रिकरण, लोकतान्त्रिक पद्दति आबलम्बन गरिएको बताउँदै पार्टीभित्रको गुट र उपगुटको अन्त्य भएको उल्लेख गरे ।

कार्यक्रममा निबर्तमान सांसद एवं पार्टी सभापति प्रकाश शर्मा पौडेल, पुर्व सांसदहरु गोबिन्द शर्मा, नर बहादुर पुन, पुर्ब पार्टी सभापति हरी प्रसाद श्रेष्ठ प्रदेश सांसद मणिभद्र कँडेल, निबर्तमान काबा सभापति जगदिश शर्मा पौडेलले बोलेका थिए ।

जिल्ला समापति दिपेन्द्र बहादुर थापाको अभ्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब नवराज पौडेलले गरेको थिए ।