नेपाल रेडक्रस सोसाइटीको रजत जयन्ती सम्पन्न

1342
views

गोबिन्द तिमिल्सिना
हेमजा, २१ पुष । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको रजत जयन्ती, साधारण सभा तथा सम्मान कार्यक्रम शनिबार हेमजामा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी कास्की जिल्लाका कोषाध्यक्ष सुरेन्द्र गुरुङले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्दै कास्कीमा हाल ४८ ओटा उपशाखा भएको बताए ।

उनले भने नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाले आफ्नो भवन बनाउनुपर्ने र एम्बुलेन्स सञ्चालन गर्न सुझाव ब्यक्त गरे । कार्यक्रममा पोखरा महानगरपालिका वडा न. २५ का वडा सचिव इस्वरीप्रसाद बाँस्तोला, पोखरा महानगरपालिका वडा न। २५ का वडा सदस्य दल वहादुर कुँवर, नेपाल रेडक्रस सोसाइटी कास्की जिल्लाका सदस्य बिष्णु भण्डारी, सल्लाहाकार बिष्णु अधिकारी, गौरिशंकर माविका प्रध्यापक अम्बर बहादुर गुरुङ लगाएतले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए । त्यस्तै देबिस्थान भजन समुहका अध्यक्ष भरतचन्द्र गौतम र सांस्कृतिक संयोजक जयाराम तिमिल्सिनाले सांस्कृतिक प्रस्तुति राखेका थिए ।

कार्यक्रममा संस्थापक, पदाधिकारी लगाएत नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखालाई यो स्थानसम्म ल्याउन आफ्नो योगदान दिने ब्यक्तिलाई सम्मान गरिएको थियो । त्यस्तै यसबर्ष नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाले आयोजना गरेको अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाका सचिव तिलक तिमिल्सिनाले सचिवको प्रतिबेदन र सह कोषाध्यक्ष आरती अधिकारीले कोषाध्यक्षको पतिबेदन प्रस्तुत गरेका थिए । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाका कार्याबहाक सभापति पुर्णलाल भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा सदस्य रिता कार्की कुँवरले सात सिदान्त बाचन, सदस्य माधवशरण पौडेलले स्वगत र सञ्चालन सचिव तिलक तिमिल्सिना र सह- सचिब मिनबहादुर थापाले संयुक्त रुपमा गरेका थिए ।